aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौं महानगरपालिकामा पहिलो पटक स्वतन्त्र मेयर, उपमेयरमा डंगोल निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ जेठ २०७९
काठमाडौं महानगरपालिकामा पहिलो पटक स्वतन्त्र मेयर, उपमेयरमा डंगोल निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाको २७ वर्षे इतिहासमा पहिलो पटक स्वतन्त्र उम्मेदवार मेयरमा निर्वाचति भएका छन् । महत्तरीका स्थायी बासिन्दा बलेन्द्र साह (बालेन) काठमाडौं माहानगर पालिकाको चौथो मेयर निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । २७ वर्षे महागरको इतिहासमा गणेशमान सिंहका धर्मपुत्र पिएल सिंह पहिलो मेयर बनेका थिए भने यस पटक गणेशमान कै बुहारी सिजना सिंह स्वतन्त्र उम्मेदवारसँग पराजित भएकी छिन् । 

साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंह( गणेशमान सिंहकी बुहारी) ले ३८३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् । 

महानगरको उप मेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । डंगोलले ६८ हजार ६१२ ल्याएकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले  २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।काठमाडौं महानगरपालिकामा कुल मतदाता ३ लाख २४२ रहेका थिए । 

निर्वाचनमा १ लाख ९० हजार ९६२ मत खसेको र त्यसमध्ये ७ हजार ६८२ मत बदर भएको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिए ।  गत वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

काठमाडौं माहानगर पालकामा तात्कालिन नगरपालिकाका प्रमुख पिएल सिंह प्रजातन्त्र प्राप्ति पछिको स्थानीय निकायको पहिलो निर्वाचनबाट काठमाडौं नगरपालिकाका मेयरका रुपमा निर्वाचित भएका थिए । त्यसपछि २०५४ सालको निर्वाचनमा हालका पराजित मेयरका उम्मेदावर केशव स्थापित, राजाको प्रत्यक्ष शासनकालमा दलहरुबाट कुनै पनि उम्मेदावर थिएन भने गणतन्त्र स्थापनापछि विद्यासुन्दर शाक्य मेयर बनेका थिए । 

प्रतिक्रिया दिनुहोस