aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौंमा साहको प्रवेश,को हुन् वालेन्द्र ? शनिबार यी स्थानमा धन्यवाद र्‍याली हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ जेठ २०७९
काठमाडौंमा साहको प्रवेश,को हुन् वालेन्द्र ? शनिबार यी स्थानमा धन्यवाद र्‍याली हुने

काठमाडौं । काठमाडौं महानगर प्रमुखका रुपमा तराई बासी बालेन्द्र साह निर्वाचित भएका छन् । यनी  कोही नभएर र्‍यापपर हुन्। जसको अध्ययन स्ट्रक्चरल इञ्जिनियर हो। उनको पेशासमेत स्ट्रक्चरल इन्जिनियरिङ हो। तराईको महोत्तरीमा जन्मिएका बालेनले इन्जिनियरिङ भारतबाट गरेका हुन्।

काठमाडौं महानगरको नेतृत्वमा पुग्नका लागि आफ्नो र्‍याप गीतको लोकप्रियतालाई नै धेरै सदुपयोग गरेको देखियो। जसले काठमाडौंमा मात्र होइन राष्ट्रिय राजनीतिमा नै तरंग पैदा गरेको छ।  वालेन्द्रको पुर्ख्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-२ मा पर्छ। वालेन्द्रको जन्म कुवदेवी साह र बुवाको रामनारायण साहबाट भएको हो।

वालेनको पुर्खौली घर एकडारा गाउँपालिका २ मा छ। उनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिन्दार थिए। वालेनका बुवा डा. रामनारायण साहले गाउँको १० कट्ठा मन्दिरका लागि दान दिएका छन् भने उनको पुर्खौली घरमा अहिले एकडारा गाउँपालिका कार्यालय रहेको छ । उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तर गरेका छन्।

धन्यवाद र्‍याली हुँदैबालेनको धन्यवाद 
र्‍याली शनिवार बिहान ६ः३० मा सभागृहबाट शुरु भएर (भद्रकाली (त्रिपुरेश्वर – माइतीघर (सर्भिस ट्र्याक दक्षिण) ( बबरमहल- बिजुलीबजार (युएन पार्क( कोरिडोर- शान्तिनगर( तिनकुने (कोटेश्वर-जडिबुटी- पेप्सिकोला (फिर्ता) – कोटेश्वर (तिनकुने- सिनामंगल – एयरपोर्ट (तिलगंगा-गौशाला (चावहिल (महाराजगञ्ज -सामाखुसी – नयाँ बसपार्क – बालाजु – स्वयम्भू – सितापाइला – कलंकी – बल्खु – कुलेश्वर – कालीमाटी – टेकु – त्रिपुरेश्वर – सुन्धारा हुँदै खुल्लामञ्चमा पुगेर ‘धन्यवाद सभा’मा परिणत हुने छ ।

प्रतिक्रिया दिनुहोस