aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भरतपुर महानगर प्रमुख दाहाल चढेको गाडी दुर्घटना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ जेठ २०७९
भरतपुर महानगर प्रमुख दाहाल चढेको गाडी दुर्घटना

ललितपुर । ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफू चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते भएकी छिन् । उनी सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । उनका अनुसार घाइते दाहालको सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।   

प्रतिक्रिया दिनुहोस