aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सशस्त्र प्रहरी बलका पूर्व डिआईजी कोइराला पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ जेठ २०७९
सशस्त्र प्रहरी बलका पूर्व डिआईजी कोइराला पक्राउ

काठमाडौं ।  सशस्त्र प्रहरी बलका पूर्वडिआईजी रन्जन कोइराला पक्राउ परेका छन् । पत्नी हत्यामा संलग्न उनीलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो । 

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालाई श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । २०७७ असार १५ मा तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस