aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

भोलि सार्वजनिक हुने बजेटमा चर्चामा रहेका यी विषय कति सम्बोधन होलान ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ जेठ २०७९
भोलि सार्वजनिक हुने बजेटमा चर्चामा रहेका यी विषय कति सम्बोधन होलान ?

काठमाडौं । गणतान्त्रिक सरकारले भोलि जेठ १५ गते २०७९/२०८० को बजेट प्रस्तुत गर्दैछ । सरकारले संवैधानिकमा नै व्यवस्था भए अनुसार जेठ १५ गते संघीय सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नु गर्दछ ।

यस पटक शेरबहादुर देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्ने मौका पाएका छन् । आगामी बजेटमा सरकारी कर्मचारीको तलब बढाउनका लागि मुख्य सचिव शैकरदास बैरागी संयोजक रहेको अध्ययन समितिले सिफारिस गरेको छ । 

कर्मचारीको तलब बढाउन तीन/चारवटा प्रक्रियामा छलफल चलिरहेको छ। गत वर्ष जस्तै सबैलाई एकै नासले तलब बढाउने, एउटै प्रतिशतका दरमा बढाउने वा तल्लोदेखि माथिल्लो तहका कर्मचारीलाई भिन्नभिन्न प्रतिशतका दरले बढाउने भन्ने विषयमा छलफल भइरहेको छ। तलब नबढाएर महँगी भत्ता थप गर्ने कि भन्ने विषयमा पनि छलफल केन्द्रित छ। 

अहिले सबै कर्मचारीले एक हजार रूपैयाँ महँगी भत्ता पाइरहेका छन् । कुन प्रक्रियामा जाने भन्ने निर्णय भइसकेको छैन । कर्मचारीको तलबभत्ता पुनरवलोकन गर्दा राष्ट्र बैंकले प्रकाशन गर्ने महँगीको दरलाई मुख्य आधार मानिन्छ। यो वर्ष अहिलेसम्म महँगी साढे ७ प्रतिशत पुगेको छ। पछिल्ला दुई वर्षमा भने यो दर ५ प्रतिशत हाराहारीमा थियो। 


यस्तै, आगामी आर्थिक वर्षको बजेटमा चर्चा पाएको विषय वृद्धभत्ता र भत्ता पाउने उमेर पनि हो ।  बजेटमा भत्ता नबढ्ने भएपनि भत्ता पाउने उमेर भने परिवर्तन हुने चर्चा रहेको छ । हालसम्म ७० वर्षमा वृद्धभत्ता पाउँदै आएकोमा अब त्यसलाई २ वर्ष घटाएर सरकारले ६८ वर्ष बनाउने चर्चा रहेको छ ।  

अर्थमन्त्रीले बारम्बार रटान लगाउँदै आएको उत्पादकत्व वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र  रोजगारी सिर्जना  हो ।  अर्थमन्त्री शर्माले करको दायरा फराकिलो बनाउन घोषणा यस अघि नै गरिसकेको छ । तर, कुन क्षेत्रमा थप कर लाग्ने हो त्यो भने हेर्न बाँकी छ । 

प्रतिक्रिया दिनुहोस