aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १४ जेठ २०७९
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम शुक्रबार नै राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित भइसकेको छ । दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएकाले अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।

शनिबार  प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेश गरेका थिए । त्यसपछि प्रतिनिधिसभा बैठकले उक्त प्रस्ताव बहुमतले पारित गरेको हो ।

मंगलबार संघीय संसदमा सरकारको ६६ पृष्ठ लामो नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।   


 

प्रतिक्रिया दिनुहोस