aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

दिउँसो ४ बजे बजेट भाषण, नयाँ के के आउने सम्भावन छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
दिउँसो ४ बजे बजेट भाषण, नयाँ के के आउने सम्भावन छ ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९र२०८० को बजेट आइतबार दिउँसो ४ बजे अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्दै छन् । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९र २०८० को राजश्व आय र खर्चको वार्षिक अनुमान प्रस्तुत गर्नेछन् । नयाँ बजेटका लागि राष्ट्रिय योजना आयोगले १७ खर्ब ४५ अर्ब रुपियाँको सीमा निर्धारण गरेको छ । 

उच्च आयात, बढ्दो वैदेशिक ऋण र घट्दो विप्रेषणका कारण भुक्तानी सन्तुलनमा चाप परेकालाई कम गर्न आन्तरिक उत्पादनलाई जोड दिने गरी नयाँ बजेट ल्याउने सरकारको तयारी छ । 

 आगामी आवको बजेटलाई लोकप्रिय बनाउन सरकारले कर्मचारीको तलब वृद्धि, वृद्ध भत्ता वृद्धि, व्यक्ति गत आय आकार बढाउने जस्तो कार्यक्रम समावेश गर्ने अनुमान गरिएको छ । नेपाली काँग्रेस सरकारको चुनावी नारा नै ६५ वर्ष पुगेका वृद्धवृद्धालाई भत्ता दिने भन्दै स्थानीय निर्वाचनमा भोट मागेको छ । 

त्यस्तै, सरकारले आगामी आर्थिक वर्षदेखि आयकरको सीमालाई बढाउन निजी क्षेत्रबाट आएको दवावलाई सम्बोधन गर्ने अनुमान गरिएको छ । निजी क्षेत्रले व्यक्तिगततर्फ १० लाखसम्म पुर्याउन सुझाव दिएका छन ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय आयोजना बैंकमा पहिल्यै उक्त आयोजनालाई प्रविष्ट गराउनुपर्ने व्यवस्थाअनुरुप बजेट कार्यक्रम तथा आयोजना तय गर्न सुझाव दिएको छ । नेपालले ५ वर्षको तयारीपछि सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन सहयोग गर्ने गरी कार्यक्रमलाई समेत प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगले सुझाव दिएको छ ।

त्यस्तै, मूल्य अभिवृद्धि कर(भ्याट)लाई समेत वर्गिकरण गर्न पर्ने बहस चल्दै आएको छ । भ्याटको दरलाई बहुदर प्रणालीमा लैजानु पर्ने राजस्व परमर्श समितिले आफ्ना छलफलहरुमा उठाएको छ । 

प्रतिक्रिया दिनुहोस