काठमाडौं । हरेक नेपालीको भागमा ६३ हजार ३ सय रुपैयाँ ऋणको भार थपिएको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपाल सरकारले विभिन्न दताहरुबाट लिएको ऋण १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९१ हजार ४८० लाई भाग लगाउँदा एक नेपालीको भागमा ६३ हजार ३ सय रुपैयाँ ऋण पुगेको हो
सरकारले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपाल सरकारले देशभित्रबाट लिएको ८ खर्ब ६३ अर्ब १९ करोड र विदेशी विभिन्न निकायबाट लिएको ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ ऋण रहेको छ ।
प्रतिक्रिया दिनुहोस