काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षक अस्पताल निर्माण अघि बढाइने बताएका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।
त्यस्तै, विपन्नलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सबै प्रादेशिक अस्पतालमा मिर्गौला डायलासिस सेवा दिइने र त्यसका लागि डाइलासिस मेसिन खरिद गरिने भएको छ ।
पाटन अस्पतलाको संयोजनमा लुम्बिनीमा विशेष अस्पताल बनाईने भएको छ । यता, एक चिकित्सक एक अस्पताल कार्यक्रम सञ्चालन गरिने भएको छ । स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि १० अर्ब विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस