काठमाडौं । सरकारले आगामी आगामी आर्थिक वर्षका लागि सञ्चार तथा सुचना प्रविधितर्फ ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतवार सार्वजनिक आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री जनार्दश शर्माले उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन ।
अहिले संघीय संसद्को बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । आज बसेको संयुक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट पेश गर्न अनुमति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस