aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यस्तो छ आर्थिक वर्ष २०७९/८० को बजेटकाे पूर्णपाठ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ जेठ २०७९
यस्तो छ आर्थिक वर्ष २०७९/८० को बजेटकाे पूर्णपाठ

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को लागि कूल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको आगामी आव बजेट प्रस्तुत गरेका हुन् ।  

बजेटमा चालुतर्फ कूल सात खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत, पूँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड रुपैयाँ अर्थात् १२.८ प्रतिशत बराबर रहने गरी प्रबन्ध गरिएको छ ।   

त्यस्तै स्थानीय र प्रदेश सरकारलाई वित्तीय अनुदान हस्तान्तरणतर्फ चार खर्ब २९ अर्ब ८३ करोड रुपैयाँ अर्थात् २४ प्रतिशत बराबरको बजेट व्यवस्था गरिएको छ । 

सरकारले राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ बराबर जोहो गर्ने छ । यस्तै वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ, वैदेशिक ऋणबाट दुई खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ र आन्तरिक ऋणबाट दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरकोे आन्तरिक ऋणबाट जोहो गर्ने जनाएको बजेटमा उल्लेख छ । 

बजेटको पूर्णपाठ 

प्रतिक्रिया दिनुहोस