काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदमा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई आईजीपीमा नियुक्त गरेको हो ।
कुँवरलाई नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका हुन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी रहेका थिए । कुँवरसंगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए ।
हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसपछि रिक्त हुने आइजिपी पदमा पदोन्नति भएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले कुँवरले यो अवसर प्राप्त गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस