aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

मेलम्चीको पानी सूर्यविनायकमा वितरण हुने, नौबुँदे सम्झौतामा हस्ताक्षर

  • रासस
    रासस
  • शनिबार, ११ चैत्र २०७९
मेलम्चीको पानी सूर्यविनायकमा वितरण हुने, नौबुँदे सम्झौतामा हस्ताक्षर

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ ।
    
सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्नेगरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । 
    
नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस