aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

आकाशमा दुई जहाज झण्डै ठोक्किँदा विमानस्थलका कर्मचारी कामबाट हटाइए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ चैत्र २०७९
आकाशमा दुई जहाज झण्डै ठोक्किँदा विमानस्थलका कर्मचारी कामबाट हटाइए

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरमा खटिएका कर्मचारीहरूलाई सो कामबाट हटाएको छ । शुक्रबार नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्स र एयर इन्डियाका विमानहरू आकाशमा झण्डै ठोक्किएको घटनामा दोषी देखिएका ती कर्मचारीहरूलाई अर्को सूचना जारी नभएसम्मका लागि कामबाट हटाइएको हो ।   

गत शुक्रबार बिहान नेपाल एयरलाइन्स र एयर इन्डियाको जहाज आकाशमा झण्डै ठोक्किएको थियो । मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्स र नयाँ दिल्लीबाट काठमाडौं आइरहेको एयर इन्डियाको जहाज झन्डै ठोक्किएको हो ।  

त्यस बेला नेपाल एयरलाइन्सको जहाज १५ हजार फिटमा रहेको थियो भने एयर इन्डिया १९ हजार फिटमा रहेको थियो । एयर इन्डियाको जहाज एक्कासि १५ हजार फिट तल आएको थियो । तर, नेपाल एयरलाइन्सको जहाज पनि ७ हजार फिट तल झरेपछि दुर्घटना टरेको थियो । 

सो समयमा अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोल टावरमा रहेर काम गरिरहेका तीन जनालाई सक्रिय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । एयर इन्डियाका पाइलटलाई कारबाही गर्न भारतको नागरिक उड्डयन महानिर्देशनालयलाई पत्राचार गर्ने तयारी रहेको प्राधिकरणले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस