aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ चैत्र २०७९
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा

गण्डकी । गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही चैत १५ गते बुधबार  सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सार्वजनिक बिदा दिइएको जनाएको छ । 

सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ । प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।  

हेरक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । 

प्रतिक्रिया दिनुहोस