aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

मिरा चौधरीसहित चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ चैत्र २०७९
मिरा चौधरीसहित चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ। नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । 

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो  ।

चार डिआईजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको वढुवा समितिका सदस्य–सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस