काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखएिको छ । आज दिउँसो पौने ३ बजे ७८ जना यात्रु बोकेर भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा जान लागेको बुद्ध एयरको यू ८४५ को जहाजमा समस्या आएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । उनले आर्थिक न्युजसंग भने, ‘उक्त जहाजको इन्डिकेटरमा समस्या आएको हो । भैरहवा उड्न लाग्दा जहाजले टेकअफ लिन नसकेपछि रनवेबाट फर्किएको छ ।’
उनका अनुसार अहिले त्यो जहाजको चेकजाँच भइरहेको छ । उक्त जहाजमा रहेका यात्रुहरुलाई भने अर्को जहाजमा भैरहवा पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस