aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

बैंकिङ कसुर मुद्दाका फरार महेन्द्रनारायण श्रेष्ठ पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
बैंकिङ कसुर मुद्दाका फरार महेन्द्रनारायण श्रेष्ठ पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार एक जना पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दैआएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र रु १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो । अदालतको उक्त फैसलापछि श्रेष्ठ फरार थिए ।

श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जको टोलीले  ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस