aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

ज्ञानेन्द्र शाहीलाई लखेटे मिटर ब्याज पीडितहरूले, 'स्टन्ट किङ्ग'लाई ठुलो सवक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
ज्ञानेन्द्र शाहीलाई लखेटे मिटर ब्याज पीडितहरूले, 'स्टन्ट किङ्ग'लाई ठुलो सवक

काठमाडौं । सांसद ज्ञानेन्द्र शाहीलाई मिटर ब्याज पीडितहरूले सामन्तको मतियार भन्दै लखेटेका छन्। मंगलबार बिहान मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद  शाही विरुद्ध नाराबाजी पीडितहरूले नाराबाजी समेत गरेका थिए।

ज्ञानेन्द्र शाहीले आफू उनीहरूको पक्षमा बोल्न आएको भन्दा समेत उनी सामन्तको पक्षमा वकालत गर्ने व्यक्ति भएको र आफूहरूलाई यस्तो अवस्थामा सामन्तीले नै पुर्‍याएको भन्दै उनलाई त्यहाँबाट फिर्ता पठाएका थिए।

उनीहरूले भने, 'तपाइको ऐक्यबद्धता आवश्यक छैन। तपाइ राजावादी हो। सामन्तको पक्षमा वकालत गर्ने को हामीलाई सहयोग चाहिँदैन।' शाही राजावादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरूले उनीबिरुद्ध समेत नाराबाजी गरेका थिए।

आफूहरूले नागरिक आन्दोलन गरेको भन्दै उनीहरूले राजावादी र सामन्तवादीको समर्थन नचाहिने बताए । यस्ता घटनामा स्टन्ट गर्न माहिर ज्ञानेन्द्र शाहीलाई आजको हर्कत भने निकै महँगो परेको छ।

माइतीघर पुगेका ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए तर, मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे ।

प्रतिक्रिया दिनुहोस