aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ चैत्र २०७९
शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीलाई नियन्त्रणमा लिइएको हो । उनीसंगै वडा अध्यक्ष भीम बहादुर यादव र बिचौलिया बिनोद भर पनि ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । 

आयोगका अनुसार मरासिनी र सोही गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष भीम बहादुर यादवले उत्खनन गरी घाटगद्दीमा रहेको नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनीहरुलाई घुससहित फेला परेको हो । 

मरासिनी, वडा अध्यक्ष यादव र बिचौलिया बिनोद भरलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा बिहिबार फेला पारिएको हो । उनीहरुलाई अख्तियारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस