काठमाडौं । अर्थविद् तथा नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले कांग्रेश पार्टी छाडेका छन् । वाग्लेले नेपाली कांग्रेसका नेताहरुलाई पत्र लेखेर पार्टी छाडेको जानकारी दिएका हुन् ।
देउवा–आरजु गिरोहको निरन्तर हेपाई र अपमानले पार्टी छाड्न बाध्य भएको उनले पत्रमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो । अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’ को प्रयोगमा जान चाहे । यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौँ ।’
कांग्रेस पार्टीमा निर्णयक हैसियत बनेको दिन फेरी जोडिने बताउँदै उनले पत्रमा भनेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’
केही महिनाअघि भएको चुनावमा उनले उम्मेदवारी दिने तयारी गरेका थिए । तर, कांग्रेसले वाग्लेलाई टिकट दिएन । त्यसयता उनले कांग्रेस बाट बाहिरिने र अन्यउ पार्टीसँग साँठगाँठ गर्ने आन्तरिक रुपमा गरिरहेको चर्चा चलेको समेत थियो ।
प्रतिक्रिया दिनुहोस