aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

आज हावा हुरी र चट्याङसहित पानी पर्ने, हिमपातको समेत सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
आज हावा हुरी र चट्याङसहित पानी पर्ने, हिमपातको समेत सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । 

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

रातीː देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग तथा हावा–हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस