aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

उडिरहेको विमानमा टिकटक बनाउने तीन क्याबिन–क्रु कारबाहीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ चैत्र २०७९
उडिरहेको विमानमा टिकटक बनाउने तीन क्याबिन–क्रु कारबाहीमा

काठमाडौं । उडिरहेको विमानमा टिकटक बनाउने तीन क्याबिन–क्रु कारबाहीमा परेका छन् । काठमाडौं–दोहा रुटमा उडानमा रहेको एच९–५६३ उडान नम्बरको हिमालय एयरलाइन्समा तीन जना क्याबिन–क्रुले टिकटक बनाएको आरोपमा कारबाही गरिएको हो ।  

एक पुरुष र दुई महिला एयरहोस्टेसले टिकटक भिडियो बनाएका छन् । उक्त समय सो जहाज पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको बताइएको छ । उनीहरूलाई ६ महिनासम्म उड्न नपाउने गरी कारबाही गरिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस