aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

भृकुटीमण्डपमा २४ औँ फ्लोरा एक्स्पो शुरु (फोटोफिचर)

  • श्यामसुन्दर गौरो
    श्यामसुन्दर गौरो
  • शुक्रबार, १७ चैत्र २०७९
भृकुटीमण्डपमा २४ औँ फ्लोरा एक्स्पो शुरु (फोटोफिचर)

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा २४ औँ फ्लोरा एक्स्पो शुरु भएको छ । शुक्रबार एशोसिएसनले काठमाडौंको भृकुटीमण्डपमा एक समारोहको आयोजना गर्दै उक्त एक्स्पो शुरु गरिएको हो ।

उक्त एक्स्पोको उद्धघाटन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गरेका हुन् । उनले कार्यक्रममा उत्पादनमा वृद्धि र विकासमा फड्को मार्नु पर्ने बताए । साथै उनले आफूमा जे छ त्यसको बढी चर्चा गर्न समेत आग्रह गरे । 

एसोसिएसनका अध्यक्ष मीन बहादुर तामाङका अनुसार पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि यस्तो मेला आयोजना गरिएको हो । आजदेखि शुरु भएको उक्त एक्स्पो यही चैत्र २० गतेसम्म हुनेछ ।  

प्रतियोगितात्मक प्रदर्शन स्टल तीन वटा र दुई वटा फूड स्टलसहित जम्मा ८० वटा स्टल रहेका छन् । मेलामा मौसमी फूल फूल्ने तथा नफूल्ने आलंकारी बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउबिजन, ग्रीनहाउस, कृषि खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन् । 

यस मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता पुष्प व्यवसायीहरूको समेत सहभागिता रहेको छ । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरू बिच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरूमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत समेत गरिएको छ ।  

गत वर्षमा कोभिड महामारी हुदाँहुदै पनि आयोजना गरिएको २३ औँ फ्लोरा एक्स्पोमा उल्लेख्य मात्रमा अवलोकन कर्ताहरूको उपस्थिति रहेको थियो । यस वर्ष आयोजना हुने २४ औँ फ्लोरा एक्स्पो अवधि भित्र ४७ हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा करिब ७५ लाखसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा संस्थाले लिएको जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस