aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

५ दशमलव २ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु दोलाखा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १८ चैत्र २०७९
५ दशमलव २ रेक्टर स्केलको भूकम्प, केन्द्रबिन्दु दोलाखा

काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाए अनुसार आज बिहान ११ बजेर २७ मिनेट जाँदा दोलखा केन्द्र भएर ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

यो नयाँ भूकम्प नभएर ०७२ सालको महाभूकम्पको पराकम्प भएको पनि केन्द्रले जनाएको छ । भूकम्पको क्षति भने आएको छैन ।

यस अघि चैत १४ गते ताप्लेजुङ केन्द्र भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस