aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सन्चिमाया वाईबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाईबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस