aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

दलितले छोएको भन्दै भतेरको भाँडा घोप्ट्याउने जनप्रतिनिधिसहित ४ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ चैत्र २०७९
दलितले छोएको भन्दै भतेरको भाँडा घोप्ट्याउने जनप्रतिनिधिसहित ४ जना पक्राउ

काठमाडौं । दलितमाथि भेदभाव गरेको आरोपमा प्रहरीले जनप्रतिनिधिसहित चार जनालाई पक्राउ गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछानेसहितका ४ जनालाई ब्रतबन्धमा भतेर घोप्ट्याएर जातीय विभेद गरेको आरोपमा पक्राउ गरिएको हो । 

दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने र  दलित र गैरदलितलाई छुट्टाछुट्टै भान्साको व्यवस्था गरेको भन्दै पोखराका नारायण परियारले जातीय विभेदको आरोपमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीले सन्तोष परियार र सुजन लामिछानेलाई चैत्र १२ गते पक्राउ गरेको थियो । 

त्यसयता फरार रहेका रामजी र सिता लामिछानेलाई भने प्रहरीले आज नियन्त्रणमा लिएको छ । उनीहरूलाई अदालतबाट म्याद थप गरी थुनामा राखिएको छ । 

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत कारबाही गरी क्षतिपूर्ति समेत भराउन नारायणले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस