aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

यी ठाउँमा पर्नेछ आज पानी, पश्चिमी वायुको प्रभाव कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २० चैत्र २०७९
यी ठाउँमा पर्नेछ आज पानी, पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागले हाल देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको जनाएको हो । 

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस