aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

हराउन थाले बैतडीका महिला, एक सातामै तीन जना बेपत्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ चैत्र २०७९
हराउन थाले बैतडीका महिला, एक सातामै तीन जना बेपत्ता

बैतडी । बैतडीका तीन युवती बेपत्ता भएका छन् ।  जिल्लाको मेलौली नगरपालिकाका दुई र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन् ।  

मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी छिन् । सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठमा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए ।  भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ । सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन् । उक्त दम्पतिका  दुई छोरा छन् । 

यस्तै मेलौली नगरपालिका –१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको छ दिनदेखि बेपत्ता छिन् । यही चैत १६ गते घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ । पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन् । पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ । 

जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि छ दिनदेखि बेपत्ता छिन् । यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका  बुबा दिलीप लाबडले जानकारी दिए । चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छु भनेर घरबाट हिँडेकी  गोमती अहिलेसम्म घर फर्केकि छैनन ।

इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरु बेपत्ता भएको जानकारी प्राप्त भएकाले  खोजी जारी रहेको बताए ।  रासस 

प्रतिक्रिया दिनुहोस