aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ चैत्र २०७९
जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस