aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

आजको मौसम यी ठाउँमा छ मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ चैत्र २०७९
आजको मौसम यी ठाउँमा छ मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको हो ।

आज दिउँसो कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बांकी पहाडी भू–भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस