aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेपाली सेनामा खुल्यो जागिरको अवसर, कुन पदका लागि कति जना ? (विस्तृत)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ चैत्र २०७९
नेपाली सेनामा खुल्यो जागिरको अवसर, कुन पदका लागि कति जना ? (विस्तृत)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा जागिरको अवसर खुलाएको छ । सेनाल आज एक सूचना प्रकाशन गरि रिक्त रहेका विभिन्न पदका लागि आवेदन दिन आव्हान गरेको हो । 

सेनाको भर्ना छनोट निर्देशनालयले प्राड प्राविधिक हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।  

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

अनलान दरखास्त फारम भरेर रु १० को टिकटसहित स्वयं उपस्थित भई आगामी वैशाख ३० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस