aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

तीन दिन फेवा नव वर्ष महोत्सव आयोजना हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २४ चैत्र २०७९
तीन दिन फेवा नव वर्ष महोत्सव आयोजना हुने

काठमाडौं । तीन दिन फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा उक्त महोत्सव हुने शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । 

पर्यटन, संस्कृति र खानालाई जोड दिएर यही चैत २९, ३० र आगामी वैशाख १ गते १८ औँ फेवा नव वर्ष महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्दै आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य यस महोत्सवले लिएको छ । 

पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा फेवा नव वर्ष महोत्सव हुनेछ । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन प्रस्तुती, सांस्कृतिक झाँकी र खानाका परिकार महोत्सवमा रहने छन् । उद्घघाटनका दिन हल्लनचोकबाट सांस्कृतिक र्याली र झाँकी निकालिने छ । महोत्सवलाई लक्षित गरी प्रकाशित दररेटमा २० प्रतिशत छुट संघ अन्तर्गतका होटलहरुले प्रदान गर्ने छन् ।  
 

प्रतिक्रिया दिनुहोस