aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्प गर्ने बालेन्द्रको चेतावनी, आजदेखि फोहोर नउठ्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २५ चैत्र २०७९
सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्प गर्ने बालेन्द्रको चेतावनी, आजदेखि फोहोर नउठ्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारका नेताहरुलाई ल्याण्डफिल साइट रहेको सिसडोलमा डम्प गर्नु पर्ने चेतावनी दिएका छन् । आज सामाजिक सञ्जाल मार्फत आक्रोश पोख्दै मेयर साहले देश सफा गर्ने हो भने सिंहदरबारका नेताहरुलाई डम्प गर्नुपर्ने बताएका हुन् । 

स्थानीय नेताहरुले सिसडोलमा फोहोर व्यवस्थापन गर्न पटकपटक अवरोध गरेको भन्दै उनले आजदेखि नै सिंहदरबारभित्रबाट निस्कने फोहोर नउठाउने समेत बताएका छन् । 

उनले लेखेका छन्,‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे,त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस