aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

युवती बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
युवती बलात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

काठमाडौं । युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–२ का ६० वर्षीय गोपाल कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार एक २४ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको छ । बलात्कृत भनिएको युवतीको उजुरीको आधारमा कटुवाललाई पक्राउ परेका हुन ।

पक्राउ परेका कटुवालमाथि सोधपुछ जारी रहेको र उक्त घटनाका विषयमा थप अनुसन्धान गर्नु परेको भन्दै अदालतको म्याद थप गरेर उनलाई हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस