aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

गाईघाटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
गाईघाटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर । गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । 

प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई  गाईघाटबजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा  पश्चिमबाट तीव्रगतिमा आइरहेको मे१ख २१८४ नंको ट्रकले ठकर दिएको थियो ।  

ट्रक तीव्रगतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठकर दिएको प्रत्यक्षर्शीले बताएका छन् । ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राजवंंशीलाई  नियन्त्रणमा लिएको सो कार्यालयका   प्रमुख ज्ञानेन्द्र फुँयालले जानकारी दिएका छन् ।  

प्रतिक्रिया दिनुहोस