काठमाडौं । करिब दुई वर्षअघि अविरल वर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजारमा ठूलो क्षति पुर्यायो । मेलम्ची खोला उर्लिँदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाए ।

वि.सं २०७८ सालको असार १ तथा साउन १६ गते आएका बाढीका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा मात्र ३० अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको छ । त्यसबेला नगरपालिका क्षेत्रमा मात्रै एक हजार पाँच सय रोपनी जग्गा क्षति भयो भने २१५ परिवार विस्थापित हुनुपरेको थियो ।

बाढी पछि डुबेको मेलम्ची बजार दुई वर्षपछि यस्तो देखिएको छ:






तस्बिर सौजन्य: विक्रम सिंह
प्रतिक्रिया दिनुहोस