aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

जुवातास खेलिरहेका ११ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २६ चैत्र २०७९
जुवातास खेलिरहेका ११ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १ टुकुचा गैरिधारास्थित शान्ति श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका टुकुचा बस्ने ४४ वर्षीय दिपक मानन्धर समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालका ७ धपासीस्थित कबिता घलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीया मच्चा गुरुङसमेत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार रुपैयाँ  र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 
 

प्रतिक्रिया दिनुहोस