काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल देशका सुदुर पश्चिम प्रदेश र कोशी प्रदेश लगायत पहाडी भू–भागमा आँशिक बदली रही बाँकी तराई भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूÞ–भागको मौसम सामान्यतया सफा रहने छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस