काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठ विगत आठ वर्षदेखि कर्पोरेशनको सञ्चालककोरुपमा आफ्नो कार्य गर्दै आएका छन् । उनी यसअघि मोरङ सुगर मिलको सञ्चालक समितिको अध्यक्ष समेत रहेका थिए ।
प्रतिक्रिया दिनुहोस