aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २८ चैत्र २०७९
गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प

गोरखा । गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । 

यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस