aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

हर्क साम्पाङले राष्ट्रपतिलाई पत्र पठाएर गरे ‘ढुङ्गा बोक्न आउने’ निम्तो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
हर्क साम्पाङले राष्ट्रपतिलाई पत्र पठाएर गरे ‘ढुङ्गा बोक्न आउने’ निम्तो

 काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन भन्दै राष्ट्रपति रामचन्द्र पौडेल निमन्त्रणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी सार्वजनिक गरेका हुन्। 

धरान उपमहानगरपालिकालाई पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा मुलुकका उच्चपदस्थ अधिकारीहरूले पनि साथ दिनुपर्नेमा जोड दिँदै त्यस्तो सहभागिताको लागी पत्र लेखेका हुन् ।

विकास निर्माणका लागी श्रम गर्ने र आफ्नै सुरमा काम गर्ने मेयरका रुपमा स्थापित हर्कले यसअघी देखी नै भेटे जति सबैलाई धरानमा ढुङ्गा बोक्न आउन र त्यहाँको विकासमा सहयोग गर्ने अनुरोध गर्दै आएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस