aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नेटवर्किङ व्यवसायको प्रशिक्षण दिएर जुनुकलाले ठगिन् ५५ लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २९ चैत्र २०७९
नेटवर्किङ व्यवसायको प्रशिक्षण दिएर जुनुकलाले ठगिन् ५५ लाख

काठमाडौं । ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एक जना महिला पक्राउ परेकी छिन् । ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका १७ घर भएका ३५ वर्षीया जुनुकला राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ७ चावहिल गंगाहिटीस्थित भिजन ड्रिमरी प्रालिका संचालक राई समेतले नेपाली कला र सिपबाट विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गराउन लिएको ईजाजतको उल्लङ्घन गरी कम उमेर समूह समेतका युवायुवतीहरुलाई विभिन्न प्रलोभन दखाई सदस्यता लिन लगाएर नेटवर्किङ व्यवसाय सम्बन्धि ३ दिने प्रशिक्षण दिई ५० जनाबाट करिब ५५ लाख २२ हजार ८ सय रूपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस