aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यस्तो छ बिहीबारको लागी विदेशी मुद्राको विनिमय दर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
यस्तो छ बिहीबारको लागी विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । प्रत्येक दिन नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने विदेशी मुद्राको विनिमय डर आज बिहीबारको पनि प्रकाशित गरेको छ । जस अनुसार आज डलरको खरिद दर १३१ रूपैयाँ ०३ पैसा र बिक्री दर १३१ रूपैयाँ ६३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८७ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७० पैसा र बिक्री दर १६३ रूपैयाँ ४४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

प्रतिक्रिया दिनुहोस