aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

विन्दवासिनी कंशाकारलाई रास्वपा सांसद बनाउने, को हुन् उनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
विन्दवासिनी कंशाकारलाई रास्वपा सांसद बनाउने, को हुन् उनी

काठमाडौँ । दुई करोड काण्ड लागेका सांसद डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ ।

सो पार्टीको बुधबार बसेको पार्टीको बैठकले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गर्ने निर्णय पनि गरेको थियो।

रास्वपाका एक नेताका अनुसार श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय गरिएको हो । अब काशंकार आदिवासी जनजाति समुहबाट सांसद बन्नेछिन् । डा. श्रेष्ठ पनि यही क्लस्टरबाट सांसद बनेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य समेत रहेकी मकवानपुर निवासी कंसाकार बिगतमा एसिड आक्रमणमा परेकी पीडित हुन् । उनीमाथि एक भारतीय नागरिकले एसिड आक्रमण गरेका थिए । २०७० वैशाखमा भएको सो घटनाको ६ वर्षपछि पीडक पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस