aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

अमेरिकी डलरसहित तीन पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
अमेरिकी डलरसहित तीन पक्राउ

काठमाडौं । अवैधरूपमा लुकाइछिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार एक सय २९ सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना बङ्गलादेशी नागरिक ३७ वर्षीय एमडी मोफिजुल इस्लाम र ४७ वर्षीय देवासहिसकुमार साह र अर्का भारतीय नागरिक ४३ वर्षीय सन्दीपकुमार रहेको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बङ्गलादेशको उडानद्वारा बङ्गलादेशको ढाकातर्फ जान लागेका बङ्गलादेशी नागरिकलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०÷१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको जनाएको छ । 

यसैगरी फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै अमेरिका जान लागेका भारतीय नागरिक सन्दीप कुमारलाई विभिन्न दरको अमेरिकी डलर सात हजार एक सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस