aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक  प्रहरीको नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
चोरीको मोटरसाइकल सहित एकजना ट्राफिक  प्रहरीको नियन्त्रणमा

काठमाडौं । चोरीको मोटरसाइकल सहित काठमाडौँको तार्केश्‍वर नगरपालिका ४ लोलाङ हाईटबाट एकजनालाई आज ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको लिखु गाउँपालिका २ घर भई हाल काठमाडौँको लोलाङ बस्दै आएका ३९ वर्षीय रमेश बहादुर राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ३ हैबुङ घर भई हाल काठमाडौँको थली बस्ने कृष्ण बहादुर तामाङले बागमती प्रदेश ०२ ०१५ प १७ ७४ नम्बरको मोटरसाइकल महाराजगंजबाट आजै हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा  निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा फेला पारी मोटरसाइकल सहित राईलाई लोलाङ हाईटबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका राईलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी प्रहरी वृत्त महाराजगंज पठाईएको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  
 

प्रतिक्रिया दिनुहोस