aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

हिमालयन टेकवेको आउटलेट युरोपमा समेत विस्तार गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
हिमालयन टेकवेको आउटलेट युरोपमा समेत विस्तार गरिने

काठमाडौं । नेपाली उपभोक्तालाई विदेशी स्वाद चखाउने लक्ष्यसहित खुलेको ‘हिमालयन टेकवे’ नेपाली उपभोक्तालाई विदेशी स्वदको पिज्जा चखाउने लक्ष्यसहित स्थापना भएको ‘हिमालयन टेकवे’ले आफ्नो सञ्जाल बढाउन थालेको छ । ३ वर्षअघि काठमाडौंको स्वयम्भुमा खुलेको टेकवेको हाल उपत्यकामा नै ३ वटा फ्रेन्चाइजी पुगिसकेको छ ।

३ वर्षसम्म जर्मनीमा अध्ययनसँगै सिप सिकेर आएका नवाङ्ग शेर्पाले ३ वर्षअघि ३० लाख रुपैयाँको लगानीमा ‘हिमालयन टेकवे’ सुरु गरेका थिए । सँधैजसो हतारमा रहने उपत्यकावासीलाई लक्षित गर्दै स्थापना भएको हिमालयन टेकवे ठमेल र बुढानिलकण्ठमा समेत खुलिसकेको छ । टेकवेले विदेशी पर्यटकलाई लक्षित गरेर ठमेलामा समेत फ्रेन्चाइजी सञ्चालनमा ल्याएको हो ।

उपत्यकाकै ३ स्थानमा (स्वयम्भुसहित) फ्रेन्चाइजी खोल्दा कूल लगानी १ करोड रुपैयाँ पुगिसकेको संस्थापक शेर्पा बताउँछन् । हाल हिमालयन टेकवेले ४० जनालाई रोजगारी समेत दिएको छ । आगामी दिनमा काठमाडौं उपत्यकासहित देशका मूख्य शहरमा फ्रेन्चाइजी खोल्ने योजना रहेको शेर्पाको भनाई छ । 

सुरुमा शेर्पा र उनका साथि विशाल वैजु समेत छन् । यस्तै, शेर्पा र विशालबाट सुरु भएको टेकवेले यतिबेला ‘टिम वर्क इस ड्रिम वर्क’ भन्ने स्लोगन पछ्याउँदै थप साथि थपेको छ । यतिबेला टिममा कल्यान बुढाथोकी, अर्जुन बस्नेत, ज्याक गुरुङ, निमा शेर्पा र आवाज कार्की समेत थपिएका छन् । टेकवेलाई आगामी केही वर्षमा उपत्यकाका अन्य स्थानसहित पोखरा, चितवन, बुटवल, हेटौडा लगायतका मूख्य शहरमा विस्तार गर्ने योजना अघि बढाएको छ । 
 

प्रतिक्रिया दिनुहोस