aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

काठमाडौंको हितका काम नगर्ने भए सिंहदरबार सार्नुहोस्: बालेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
काठमाडौंको हितका काम नगर्ने भए सिंहदरबार सार्नुहोस्: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार सार्न सुझाव दिएका छन् । उनले बिहिबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै यस्तो भनेका हुन् । 

उनले लेखेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौं बासीलाई कुनै आपत्ति छैन । चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।’

त्यस्तै, उनले आफूहरूले राजनीति नचाहेको समेत बताएका छन् । ‘हामीलाई हाम्रो सम्पदा, सस्कृती , कला, सभ्यता चाहिन्छ , राजनीति हैन’, मेयर साहको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस