aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पेप्सीको नयाँ टीभीसी सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
पेप्सीको नयाँ टीभीसी सार्वजनिक

काठमाडौं । सर्वाधिक प्रतिष्ठित चुनौतीपूर्ण ब्राण्ड बन्ने होडमा पेप्सीले ‘मोर फिज, मोर रिफ्रेसिङ’ भन्ने आफ्नो सिद्धान्तलाई निरन्तरता दिन एक नयाँ टिभिसि सार्वजनिक गरेको छ । जसमा ब्राण्ड सद्भावनादूत प्रदीप खड्कालाई देख्न सकिन्छ । 

यो नयाँ फिल्मले पनि पेप्सी युवाहरुको आवाज र रोजाई हो भन्नेमा जोड दिएको छ । यस अभियानको मुख्य ध्येय युवाहरुलाई पेप्सी पिउन प्रोत्साहित गर्नु रहेको छ । जसले ग्राहकहरुलाई अझ बढी फिजका साथ स्पूmर्तिदायी अनुभूति दिइरहेको छ । 

पेप्सीको नेपालका एसोशिएट डाइरेक्टर अनुज गोयलल पेप्सीको नयाँ अभियानले थप गरिएको फिजलाई अनौठो कथाको माध्यमबाट प्रस्तुत गरेर ब्राण्डको स्थितिलाई अझ मजबुत बनाएको बताए । उनले अभियानको उद्देश्य हाम्रा नेपाली उपभोक्ताहरुका लागि गृष्म यामको निर्विकल्प पेय बनाउनु रहेको छ ।  

फिल्मको सम्बन्धमा चर्चा गर्दै ब्राण्ड एम्बेसेडर प्रदीप खड्काले पेप्सीको अभियानसंग फेरि पनि जोडिन पाएकोमा म अत्यन्त रोमाञ्चित भएको बताए । ब्राण्डको सिद्धान्त मेरो अन्तर ह्रृदयको भावना र हर चीजलाई अत्यन्त धीरताका साथ पछ्याउने मेरो आत्मविश्वाससंग मेल खाने उनले बताए । 

प्रतिक्रिया दिनुहोस